लूका 1:1-4
लूका 1:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरै जनाले आफ्नो हातमा लिएका छन्। तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए। माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानीसाथ सबै कुराको खोजी गरेको छु, र तपाईंको निम्ति क्रमैअनुसारको एउटा विवरण लेख्न मलाई असल लाग्यो, ताकि तपाईंलाई बताइएका विषयहरूको सत्यता तपाईंलाई थाहा होस्।
लूका 1:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण तयार गर्ने काम धेरैले आफ्नो हातमा लिएका छन्, जसरी सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवकहरूले नै यी कुरा हामीलाई सुम्पिदिए। यसकारण हे माननीय थियोफिलस, मैले सुरुदेखि नै सबै कुराको सावधानीपूर्वक खोजी गरेको हुनाले तपाईंका निम्ति ती सबै कुराहरूको एक क्रमवद्ध विवरण लेख्न मलाई पनि उचित लाग्यो, जसबाट तपाईंलाई सिकाइएका कुराहरूको सत्यता तपाईंलाई थाहा होस्।
लूका 1:1-4 पवित्र बाइबल (NERV)
प्रिय थियोफिलस: किनभने धेरै मानिसहरूले हाम्रा बीचमा घटेका घट्नाहरूको बिषयमा इतिहास लेख्ने चेष्टा गरेका छन्। तिनीहरूले ती कुराहरू नै लेखेका छन् जुन कुराहरू शुरूदेखि नै हामीलाई ती मानिसहरू जो साक्षीहरू र परमेश्वरका संदेशको सेवकहरूले बताउँदै आएका छन्। हे माननीय म आफैंले शुरूदेखि नै होशियार साथ सबै कुराहरूको अध्ययन गरेको छु। त्यसैले, मैले सोचें मैले पनि तिमाहरूको लागि क्रमानुसार यी कुराहरू लेख्नै पर्छ। यसैले, मैले तिमीहरूलाई बुझाउनको लागि जुन तिमीहरूले सिकेकाछौ त्यही कुराहरू नै सत्य हो भन्न, मैले यी कुराहरू लेखेको छु।
लूका 1:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
धेरैले हाम्रो बीचमा घटेर पूरा भएका कुराहरूको बयान लेख्ने काम गरेका छन्। ती घटनाहरूचाहिँ सुरुदेखि नै आफ्नै आँखाले देख्ने र यसैको बारेमा सुसमाचार प्रचार गर्नेहरूले बताएका छन्। अनि हे माननीय थियोफिलसज्यू, मैले पनि यसबारे सुरुदेखि नै राम्ररी खोजी गरें र तपाईंलाई यो विषयमा मेलैसँग लेख्न ठीक होला भनी लेख्दै छु। अब यो पुस्तक पढेर तपाईंलाई सिकाएका कुराहरू कति साँचा रहेछन् भन्ने तपाईंलाई थाहा हुनेछ।