लूका 13:18-19
लूका 13:18-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ? त्यसको तुलना म केसँग गरूँ? त्यो रायोको बीउको एउटा दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो, र त्यो बढ़ेर एउटा रूख भयो र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड़ बनाए।”
लूका 13:18-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ? यो त रायोको एउटा बिउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड लगाए।”
लूका 13:18-19 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ? परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।”
लूका 13:18-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले अझै भन्दैजानुभयो, “परमेश्वरको राज्यलाई म केसँग तुलना गरूँ? परमेश्वरको राज्य कस्तो हुन्छ भने कुनै मानिसले बारीमा रायो छर्यो भने त्यो उम्रेर बढ्छ र ठूलो भएर त्यसको हाँगा-बिंगामा चरा-चुरुङ्गीले गुँड लाउँछन्।”