लूका 18:7-8
लूका 18:7-8 नेपाली समकालीन संस्करण (NCV)
तब के परमेश्वरले दिनरात उहाँलाई पुकार्ने उहाँका चुनिएकाहरूको न्याय गर्नुहुनेछैन र? के उहाँ तिनीहरूलाई ढिलो गरी पन्छाइरहनुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूका झट्टै न्याय गर्नुहुन्छ। तापनि जब मानिसका पुत्र आउनेछन्, तब के उनले पृथ्वीमा विश्वास भेट्टाउनेछन् र?”
लूका 18:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के परमेश्वरले उहाँलाई रातदिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूका निम्ति बियाँलो गर्नुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?”
लूका 18:7-8 पवित्र बाइबल (NERV)
परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुँदैन? तिनीहरू रात-दिन उहाँसँग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरूलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न। म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरूलाई तुरन्तै सहाएता गर्नु हुन्छ। तर जब मानिसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विश्वास गर्ने मानिसहरू पाउनहुन्छ?”
लूका 18:7-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसरी नै दिन-रात परमेश्वरलाई पुकार्ने आफ्ना जनहरूलाई उहाँले अन्यायबाट जोगाउनुहुन्न र? के उहाँले आफ्नाहरूलाई सहायता गर्न ढीलो गर्नुहोला र? म तिमीहरूलाई भन्छु, उहाँले आफ्नाहरूलाई चाँडै अन्यायबाट बचाउनुहुनेछ। तर मानव पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउला?”