लूका 2:8-12 - सबै संस्करणहरू तुलना गर्नुहोस्
लूका 2:8-12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो, अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्हचाहिँ यो हुन्छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”
लूका 2:8-12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
बेथलेहेम सहरको नजिकै चउरमा गोठालाहरूले भेडा कुर्दै रात बिताइरहेका थिए। प्रभुका स्वर्गदूत तिनीहरूको सामुन्ने देखा परे र प्रभु परमेश्वरको उज्यालो तिनीहरूको चारैतिर चम्कियो। यो देखेर गोठालाहरू डरले थरथर काम्न लागे। तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ! किनभने म सबै मानिसहरूलाई आनन्द दिने सुसमाचार लिएर तिमीहरूको सामुन्ने आएको छु। सुन, दाऊद जन्मिएको सहरमा आज मुक्ति दिनुहुने राजा ख्रीष्ट जन्मिनुभएको छ। उहाँ नै प्रभु हुनुहुन्छ। तिमीहरूले बालकलाई थाङ्नाले बेरेर डुँडमा सुताइराखेको भेट्टाउनेछौ र यसैबाट तिमीहरूले उहाँलाई चिन्नेछौ।”
लूका 2:8-12 NERV (पवित्र बाइबल)
त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेंडा़हरू हेरचाह गरिरहेका थिए। परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए। तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त हर्षित तुल्याउनेछ। किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ। उहाँलाई तिमीहरूले यसरी चिन्नेछौः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”
लूका 2:8-12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्ने केही गोठालाहरू थिए। त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ। आज दावीदको सहर बेथलेहेममा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्ट प्रभु हुनुहुन्छ। अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”