लूका 23:32-35
लूका 23:32-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्युदण्ड दिनलाई लगे। जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे। अनि येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र भाग गरेर चिट्ठा हाले। मानिसहरू उभिएर हेरिरहेका थिए। शासकहरूले उहाँको ठट्टा गर्दै भने, “यसले अरूलाई बचायो, यो परमेश्वरका ख्रीष्ट तथा उहाँका चुनिएका जन हो भने यसले आफैलाई बचाओस्।”
लूका 23:32-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अरू दुई जना मानिसहरू, जो अपराधी थिए, तिनीहरू पनि उहाँसँगै मृत्युदण्ड दिन लगिए। तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि। येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे। भीडले यो दृश्य हेर्दै त्यहाँ उभिए, र शासकहरूले उहाँको ठट्टा पनि गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो; यदि यो परमेश्वरको ख्रीष्ट, चुनिएको जन हो भने आफैँलाई बचाओस्।”
लूका 23:32-35 पवित्र बाइबल (NERV)
दुइजना अरू अपराधीहरूलाई पनि उहाँसँग मार्न अघि लगाइएको थियो। येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे। येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।” सिपाहीहरूले चिट्ठा उढाएर उनको लुगाहरू बाँडे। मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैंलाई बचाउने काम गरोस्?”
लूका 23:32-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूले दुई जना अपराधीहरूलाई पनि येशूसँगै मार्न लैजाँदै थिए। तिनीहरू खप्परे भन्ने ठाउँमा आइपुगे। त्यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्ड्याए। त्यस बेला येशूले भन्नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे। मानिसहरूले उभिएर हेरिरहेका थिए र अगुवाहरूले चाहिँ उहाँलाई खिसी गर्दै भने, “हेर, यसले अरूलाई त बचायो। यदि यो परमेश्वरले छानेको मुक्ति दिने राजा ख्रीष्ट नै हो भने आफैंलाई पनि बचाओस्।”