लूका 5:12-13
लूका 5:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब उहाँ कुनै एउटा सहरमा हुनुहुन्थ्यो, तब कुष्ठरोगले भरिएको एक जना मानिसले येशूलाई देखेर उहाँका चरणमा घोप्टो परी बिन्ती गर्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।” उहाँले हात पसारेर “म इच्छा गर्दछु, तिमी निको होइजाऊ” भन्दै त्यसलाई छुनुभयो, र तुरुन्तै त्यसको कुष्ठरोग त्यसबाट हटिहाल्यो।
लूका 5:12-13 नेपाली समकालीन संस्करण (NCV)
येशू कुनै एउटा शहरमा हुनुभएको बेला, एकजना मानिस आयो, जसलाई कुष्ठरोगले ढाकेको थियो। येशूलाई देखेपछि भुइँमा घोप्टो परी त्यसले विन्ती गर्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने तपाईंले मलाई शुद्ध पार्न सक्नुहुन्छ।” येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ।” अनि तुरुन्तै कुष्ठरोगले त्यसलाई छोड्यो।
लूका 5:12-13 पवित्र बाइबल (NERV)
जब एकपल्ट येशू एउटा शहरमा हुनुहुन्थ्यो, त्यहाँ एउटा शरीर कोढीले पीडीत मानिस पनि थियो। जब त्यसले येशूलाई देख्यो, उहाँ अघि निहुरिएर विन्ती गर्न लाग्यो, “हे प्रभु, मलाई निको पारिदिनुहोस्। म जान्दछु तपाईंले चाहनु भयो भने मलाई जाती पार्नु सक्नु हुन्छ।” येशूले भन्नु भयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ!” त्यसपछि उहाँले त्यस मानिसलाई छुनु भयो। झट्टै कोढ़ले छोड्यो।
लूका 5:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एकपल्ट येशू कुनै एउटा सहरमा हुनुहुन्थ्यो। त्यस सहरमा कुष्ठरोग लागेको एउटा मानिस थियो। येशूलाई देखेर त्यस कुष्ठरोगीले उहाँको पाउमा परेर यसरी बिन्ती गर्यो, “गुरुज्यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” येशूले उसमाथि हात राखेर भन्नुभयो, “तिमी शुद्ध होऊ भन्ने म चाहन्छु।” अनि तुरुन्तै उसको कुष्ठरोग निको भइहाल्यो।