लूका 6:48-49
लूका 6:48-49 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो एक जना घर बनाउने मानिसजस्तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो। अनि जब भल चल्यो, र जलप्रवाह उर्लिआएर त्यस घरमा ठोकियो, तब त्यस घरलाई हल्लाउन सकेन, किनकि त्यो पक्का बनाइएको थियो। तर जसले सुन्छ र पनि त्यसअनुसार गर्दैन, त्यो एक जना यस्तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्यस घरमाथि भल आएर ठोकियो, तब त्यो घर तुरुन्तै ढल्यो, र त्यस घरको ठूलो सर्वनाश भयो।”
लूका 6:48-49 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि घरको जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्कियो, त्यसले त्यो घरलाई हल्लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो। तर मेरो वचन सुनेर त्यसअनुसार काम नगर्नेचाहिँ जग नहाली जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हुन्छ। भल आएर त्यस घरमा ठोक्किने बित्तिकै त्यो भत्कियो र पूर्ण रूपले नाश भयो।”
लूका 6:48-49 पवित्र बाइबल (NERV)
ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ। “तर जो मानिस मेरो वचन सुन्छ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोंक्का लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंश हुन्छ।”
लूका 6:48-49 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ऊ एउटा घर बनाउने मानिसजस्तै हुन्छ, जसले गहिरो गरी खनेर आफ्नो घरको जग चट्टानमाथि बनायो। पानी उर्लेर बाढी आउँदा पनि त्यो घर पक्का गरी बनाइएको हुनाले बाढीले त्यसलाई भत्काउन सकेन। तर मेरो कुरा सुनेर नमान्नेचाहिँ जग नहाली घर बनाउने मानिसजस्तै हुन्छ। बाढी आउँदा त्यसको घर ढलेर भताभुङ्गै भयो।”