लूका 7:21-22
लूका 7:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसै बेला येशूले धेरैलाई रोग, व्यथा र दुष्टात्माहरूबाट छुटाउनुभयो, र धेरै अन्धाहरूलाई दृष्टि प्रदान गर्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौ, गएर यूहन्नालाई भनिदेओ, अर्थात् अन्धाहरूले दृष्टि पाउँछन्, लङ्गड़ाहरू हिँड्छन्, कुष्ठरोगीहरू निको हुन्छन्, बहिराहरू सुन्छन्, मृतकहरू जीवित भई उठ्छन्, गरीबहरूलाई सुसमाचार सुनाइन्छ।
लूका 7:21-22 नेपाली समकालीन संस्करण (NCV)
ठीक त्यही समयमा येशूले रोगीहरू, बिरामीहरू र दुष्ट आत्मा लागेकाहरूलाई निको पार्नुभयो; र धेरै दृष्टिविहीनहरूलाई दृष्टि दिनुभयो। त्यसपछि उहाँले ती मानिसहरूलाई जवाफ दिनुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौं, त्यो यूहन्नालाई भन: दृष्टिविहीनहरूले दृष्टि पाउँछन्, हिँड्न नसक्नेहरू हिँड्छन्, कुष्ठरोग लागेकाहरू निको हुन्छन्, सुन्न नसक्नेहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन् र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।
लूका 7:21-22 पवित्र बाइबल (NERV)
त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो। अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँड्न थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।
लूका 7:21-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यति नै बेला येशूले धेरै मानिसहरूलाई रोग र भूतबाट निको पार्दै हुनुहुन्थ्यो र धेरै अन्धाहरू पनि देख्ने भए। येशूले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले जे-जे देखेका छौ र सुनेका छौ, गएर त्यही कुरा नै यूहन्नालाई भनिदेओ– अन्धाहरूले देख्दै छन्, लङ्गडाहरू हिँड्न सक्छन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिराहरूले सुन्दै छन्, मरेकाहरू बिउँतन्छन् र दु:खी-गरीबहरूले परमेश्वरको सुसमाचार सुन्न पाउँदै छन्।