मलाकी 3:11-12
मलाकी 3:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूका अन्नबाली नष्ट गर्ने किराहरूबाट जोगाउनेछु; अनि तिमीहरूका दाखबारीमा दाखका फल पाक्न भन्दा अगाडि झर्ने छैनन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ। “तब सबै राष्ट्रहरूले तिमीहरूलाई धन्यका भन्नेछन्; किनकि तिमीहरूको देश बस्नलाई अति असल देश हुनेछ,” सेनाहरूका याहवेह भन्नुहुन्छ।
मलाकी 3:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म तिमीहरूका अन्नबाली स्वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “तब सारा जाति-जातिहरूले तिमीहरूलाई धन्य भन्नेछन्, किनकि तिमीहरूको देश एक अति खुशी देश हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
मलाकी 3:11-12 पवित्र बाइबल (NERV)
म किराहरूलाई तिम्रो फसलहरू नष्ट पार्न दिनेछैन। तिमीहरूको सबै दाखको बोटहरूले फल फलाउँनेछ।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो। “अन्य जातिहरूले पनि तिमीहरूलाई सुखी भन्नेछन्। तिमीहरूको देश साँच्चै नै आश्चर्यजनक देश हुनेछ।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ।