बाइबल एप लोगो
खोज आइकन

मत्ती 1:18-22 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 1:18-22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्‍छा नगरी तिनलाई गुप्‍तमै त्‍याग्‍ने इच्‍छा गरे। तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ। तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्‍नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्‌

शेयर गर्नुहोस्
मत्ती 1 NNRV

मत्ती 1:18-22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अब येशू ख्रीष्‍टको जन्‍म यसरी भयो– उहाँकी आमा मरियमको योसेफसँग विवाह हुने कुरा छिनिसकेको थियो। उनीहरूको विवाह हुनुभन्दा पहिले नै मरियम पवित्र आत्‍माबाट गर्भवती भएकी थिइन्। योसेफ धर्मी मानिस थिए। त्‍यसो हुँदा उनले मानिसको सामुन्‍ने मरियमलाई नराम्रो नहोस् भनेर सुटुक्‍क त्‍याग्‍ने विचार गरे। यस्‍तो विचार गरिरहँदा परमप्रभुका स्‍वर्गदूत उनको सपनामा देखा परेर भने, “ए दाऊद वंशको योसेफ, तिमी मरियमलाई ल्‍याउन नडराऊ। उनको गर्भ त पवित्र आत्‍माबाट रहेको हो। उनले छोरो पाउनेछिन्। ती बालकको नाउँ तिमीले येशू राख्‍नू किनभने उहाँले आफ्‍ना मानिसहरूलाई पापबाट छुटकारा दिनुहुनेछ।” परमेश्‍वरले अगमवक्ताबाट बोल्‍नुभएका यी कुरा पूरा होऊन् भनेर यो भएको हो

शेयर गर्नुहोस्
मत्ती 1 सरल नेपाली

मत्ती 1:18-22 NERV (पवित्र बाइबल)

येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्। मरियमका पति, यूसुफ एक धार्मिक मानिस थिए। उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए। यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए। तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो। उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नुहुनेछ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै हुन आएकाहुन्।

शेयर गर्नुहोस्
मत्ती 1 NERV

मत्ती 1:18-22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

येशू ख्रीष्‍टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको मगनी योसेफसित भएको थियो। तर तिनीहरूको विवाह हुनुभन्दा अगि नै यो थाहा भयो, कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्। तिनका पति योसेफ एक धर्मी मानिस भएका हुनाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्‍क त्यागिदिने विचार गरे। तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, “दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।” यी कुराहरू त्यसरी नै पूरा भए, जसरी प्रभुले आफ्ना अगमवक्ताद्वारा भन्‍नुभएको थियो

शेयर गर्नुहोस्
मत्ती 1 NCV