मत्ती 10:32-33
मत्ती 10:32-33 पवित्र बाइबल (NERV)
“यसैकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने परम पिताको सामु स्वीकार गर्नेछु। तर जब कुनै मानिस अरूको सम्मुख उभिएर उसले मलाई विश्वास गर्छु भन्न सक्दैन भने त्यो मेरो आफ्नो मानिस होइन भनेर म भन्नेछु। मेरा स्वर्गमा हुने पिताको अघि पनि म यसै भन्नेछु।
मत्ती 10:32-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्नेछु। तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु।
मत्ती 10:32-33 नेपाली समकालीन संस्करण (NCV)
“जसले मलाई मानिसहरूको सामुन्ने स्वीकार गर्दछ, त्यसलाई म पनि मेरा स्वर्गमा हुनुहुने पिताको सामुन्ने स्वीकार गर्नेछु। तर जसले मलाई मानिसहरूको सामुन्ने अस्वीकार गर्छ, त्यसलाई म मेरा स्वर्गमा हुनुहुने पिताको सामुन्ने अस्वीकार गर्नेछु।
मत्ती 10:32-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“हेर, जसले मलाई मानिसहरूका सामने आफ्नो प्रभु भनेर स्वीकार गर्छ, त्यसलाई म पनि स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताका सामने आफ्नो हो भनी स्वीकार गर्नेछु। तर जसले मलाई मानिसहरूका सामने चिन्दिनँ भन्छ, त्यसलाई म पनि स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताको सामने चिन्दिनँ भन्नेछु।