YouVersion लोगो
खोज आइकन

मत्ती 13:18-23

मत्ती 13:18-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“अब बिउ छरेको दृष्‍टान्‍तको अर्थ सुन। कति मानिसहरूले परमेश्‍वरको राज्‍यको बारेमा शिक्षा सुन्‍न त सुन्‍छन्, तर बुझ्‍दैनन् अनि दुष्‍ट आएर उनीहरूको मनमा परेको शिक्षा टिपेर लगिहाल्‍छ। यो त बाटोमा परेको बिउजस्‍तो भयो। अनि ढुङ्गेनी जमिनमा परेको बिउले बुझाउँछ कि कति जना मानिसले चाहिँ परमेश्‍वरका शिक्षा सुन्‍नासाथ खुसी भएर मनमा लिन्‍छन्। तर यो शिक्षा तिनीहरूको मनमा राम्ररी गडेकै हुँदैन र थोरै बेर मात्र रहन्‍छ। परमेश्‍वरको शिक्षा मानेका कारणले दु:ख र खेदो आइपर्नेबित्तिकै तिनीहरूले यो शिक्षालाई छोडिहाल्‍छन्। फेरि कति जना मानिसको मनचाहिँ काँडाको घारीजस्‍तै हुन्‍छ। तिनीहरूले परमेश्‍वरको शिक्षा सुनेर पनि यस संसारको चिन्‍ता गर्छन् र धन-सम्‍पत्तिको मायामा फस्‍छन्। त्‍यसैले तिनीहरूले सुनेको शिक्षा हराएर जान्‍छ र कुनै पनि फल फलाउँदैन। तर कति जना मानिसको मनचाहिँ मलिलो माटोजस्‍तै हुन्‍छ। तिनीहरूले भने परमेश्‍वरको शिक्षा सुनेर बुझ्‍छन् र सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।”

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:18-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“बीउ छर्नेको दृष्‍टान्‍त सुन। जब कसैले राज्‍यको वचन सुन्‍छ, र सो बुझ्‍दैन, तब दुष्‍ट आउँछ र त्‍यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्‍छ। बाटोतिर छरिएको बीउचाहिँ त्‍यही हो। ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍ने बित्तिकै खुसीसाथ झट्टै त्‍यो स्‍वीकार गर्दछ। तर त्‍यसको आफ्‍नै जरा नभएकोले त्‍यो थोरै बेर मात्र टिक्‍छ, र वचनको कारणले कष्‍ट कि सतावट परिआउने बित्तिकै त्‍यो पछि हट्‌छ। काँढ़ाहरूमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, तर यस संसारको फिक्री र धन-सम्‍पत्तिको छलले वचनलाई बाधा दिन्‍छ, र त्‍यो फल नदिने हुन्‍छ। तर असल जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, र बुझ्‍दछ, र साँच्‍चै फल फलाउँछ। त्‍यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:18-23 नेपाली समकालीन संस्करण (NCV)

“त्यसैले बीउ छर्नेको दृष्‍टान्तको अर्थ के हो ध्यानसित सुन: कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्‍ट आएर उसको हृदयमा जे छरिएको थियो त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बीउ यही हो। ढुङ्गेनी जमिनमा खसेको बीउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्‍ने बित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ। तर तिनीहरूका जरा नभएकाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तिनीहरू झट्टै पछि हट्छन्। काँडाहरूमा परेको बीउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन् र त्यो फलहीन हुन्छ। तर असल जमिनमा परेको बीउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ अनि बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।”

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:18-23 पवित्र बाइबल (NERV)

“अब किसानको बारेमा उखान सुन: “बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ। “अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ। तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ। “अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढ्ता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निसासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन। “तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्