बाइबल एप लोगो
खोज आइकन

मत्ती 15:32 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 15:32 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब येशूले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “म यस भीड़लाई टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, अनि यिनीहरूसित खानलाई केही छैन। यिनीहरूलाई भोकै पठाउन म चाहन्‍नँ। नत्रता तिनीहरू बाटोमा लखतरान होलान्‌।”

शेयर गर्नुहोस्
मत्ती 15 NNRV

मत्ती 15:32 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई बोलाएर भन्‍नुभयो, “यी मानिसहरूलाई देखेर मलाई साह्रै माया लाग्‍यो। यिनीहरू मसँगै भएको आज तीन दिन भइसक्‍यो। अब यिनीहरूको खानेकुरा पनि सकिएको छ। म यिनीहरूलाई भोकै बिदा गर्न चाहन्‍नँ, नत्रता यिनीहरू घर जाँदाजाँदै बाटैमा मुर्छा पर्लान्।”

शेयर गर्नुहोस्
मत्ती 15 सरल नेपाली

मत्ती 15:32 NERV (पवित्र बाइबल)

येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो, “यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। अहिले तिनीहरू मसँग तिनदिनदेखि छन्, अनि तिनीहरूको खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन चाहन्न घर जाने बाटोमा तिनीहरू मुर्छा पर्न सक्छन्।”

शेयर गर्नुहोस्
मत्ती 15 NERV

मत्ती 15:32 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, र तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्‍नँ, नत्रता यिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्।”

शेयर गर्नुहोस्
मत्ती 15 NCV