मत्ती 17:17-18
मत्ती 17:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशूले भन्नुभयो, “ए अल्पविश्वासी र भ्रष्ट पुस्ता, कहिलेसम्म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्म मैले तिमीहरूलाई सहनु? त्यसलाई यहाँ मकहाँ ल्याओ।” येशूले त्यसलाई हकार्नुभयो, र भूतात्मा त्यसबाट निस्किगयो। त्यो केटो तुरुन्तै निको भयो।
मत्ती 17:17-18 नेपाली समकालीन संस्करण (NCV)
येशूले जवाफ दिनुभयो, “ए अविश्वासी र भ्रष्ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहूँला र तिमीहरूलाई सहूँला? त्यस केटोलाई यहाँ मकहाँ ल्याओ।” येशूले त्यस भूत आत्मालाई हप्काउनुभयो, अनि त्यो त्यस केटोबाट निस्किएर गयो, अनि त्यो केटो त्यसै घडीदेखि निको भयो।
मत्ती 17:17-18 पवित्र बाइबल (NERV)
येशूले जवाफ दिनूभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवननै भ्रष्ट छ। तिमीहरूसँग म कहीलेसम्म बस्न सकुँला? तिमीहरूसँग कहिलेसम्म म धैर्य गरिबस्नु? त्यस केटोलाई यता ल्याऊ।” येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो।
मत्ती 17:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले भन्नुभयो, “कस्ता विश्वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्म बस्ने? मैले तिमीहरूलाई कतिन्जेलसम्म सहिरहने? खै त्यसलाई यता ल्याओ।” अनि येशूले त्यस भूतलाई हकारेर धपाउनुभयो र त्यो केटा तुरुन्तै निको भयो।