बाइबल एप लोगो
खोज आइकन

मत्ती 2:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 2:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब राजाको कुरा सुनेर तिनीहरू आफ्‍ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्‍यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्‍यो तारा त्‍यहीँ अड़ियो।

शेयर गर्नुहोस्
मत्ती 2 NNRV

मत्ती 2:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हेरोद राजाले भनेको मानेर ती ज्‍योतिषीहरू बेथलेहेमतिर लागे। बाटोमा जाँदा तिनीहरूले पूर्वमा देखेको त्‍यही तारालाई फेरि देखे। त्‍यो तारा तिनीहरूको अघि-अघि लाग्‍यो र बालक भएको ठाउँको सोझै माथि पुगेर टक्‍क अडियो।

शेयर गर्नुहोस्
मत्ती 2 सरल नेपाली

मत्ती 2:9 NERV (पवित्र बाइबल)

राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए। जुन-तारा तिनीहरूले पुर्वमा देखेका थिए, फेरि त्यही तारा तिनीहरूले देखे। ज्योतिषीहरूले तारालाई पछ्याउन थाले। त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूको अघि-अघि गयो र त्यही अडियो।

शेयर गर्नुहोस्
मत्ती 2 NERV

मत्ती 2:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे। अनि तिनीहरूले पूर्वमा देखेका त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अगि-अगि लाग्यो।

शेयर गर्नुहोस्
मत्ती 2 NCV