मत्ती 22:19-21
मत्ती 22:19-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
खै कर तिर्ने सिक्का देखाओ त।” तिनीहरूले उहाँलाई सिक्का ल्याएर देखाए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो छाप र नाउँ कसको हो?” “यो त रोमी सरकारको हो,” तिनीहरूले जवाफ दिए। तब येशूले भन्नुभयो, “त्यसो भए सरकारको जति सरकारलाई देओ र परमेश्वरको जति परमेश्वरलाई देओ।”
मत्ती 22:19-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कर तिर्ने सिक्का मलाई देखाओ।” अनि तिनीहरूले उहाँकहाँ एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?” तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ।”
मत्ती 22:19-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कर तिर्दा प्रयोग गरिने सिक्का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “जे कुरा सिजरको हो, त्यो सिजरलाई देओ, र जे कुरा परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।”
मत्ती 22:19-21 पवित्र बाइबल (NERV)
महसूल तिर्नमा उपयोग गरीने सिक्का मलाई देखाऊ।” ती मानिसहरूले येशूलाई एक चाँदीको सिक्का देखाए। येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।” ती मानिसहरूले जवाफ दिए, “यो सिजरको चित्र हो र यसमा सिजरको नाम अंकित छ।” येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।”