बाइबल एप लोगो
खोज आइकन

मत्ती 23:23-28 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 23:23-28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्‍छौ, तर व्‍यवस्‍थाका गहकिला विषयहरू, अर्थात्‌ न्‍याय, दया र विश्‍वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो। अन्‍धा अगुवा हो, तिमीहरू भुसुना चाल्‍दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्‍दछौ। “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्‍दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्‍छन्‌। अन्‍धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, र तिनको बाहिरपट्टि पनि सफा होस्‌। “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्‍ता छौ, जो बाहिरपट्टि सुन्‍दर देखा पर्छन्, तर भित्रपट्टि भने मरेका मान्‍छेहरूका हाड़हरू र सबै अशुद्धताले भरिएका हुन्‍छन्‌। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्‍टताले भरिएका छौ।

शेयर गर्नुहोस्
मत्ती 23 NNRV

मत्ती 23:23-28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू कत्ति कपटी छौ। तिमीहरू बाबरी, सुप र जीराको उब्‍जनीबाट दश भागको एक भाग परमेश्‍वरलाई चढाउँछौ। तर न्‍याय, दया र विश्‍वासजस्‍ता व्यवस्थाका मुख्‍य कुराहरूको चाहिँ तिमीहरू वास्‍तै गर्दैनौ। ती अरू कुराको साथसाथै न्‍याय, दया र विश्‍वास पनि गर्ने गर। तिमीहरू अन्‍धा अगुवा हौ किनभने तिमीहरूले भुसुनालाई त चाल्‍छौ, तर ऊँटलाई भने निल्‍छौ। “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। तिमीहरूले थाल र कचौरो चोख्‍याउन त चोख्‍याउँछौ, तर त्‍यसको भित्र भने स्‍वार्थ र लोभले लुटेर ल्‍याएका कुराहरूले भर्छौ। ए आँखै नभएका फरिसीहरू हो! पहिले कचौराको भित्रपट्टि सफा गर अनि बाहिरपट्टि पनि सफा हुनेछ। “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू कति कपटी छौ। तिमीहरू त कमेरोले पोतेको चिहानजस्‍तै छौ। त्‍यो चिहान बाहिरबाट हेर्दा त राम्रो देखिन्‍छ, तर भित्रपट्टि भने मुर्दा कुहेको हाड र अशुद्ध कुरा मात्र रहेको हुन्‍छ। त्‍यसै गरी बाहिरबाट हेर्दा भने तिमीहरू मानिसको अगाडि धर्मात्‍माजस्‍तै देखा पर्छौ, तर भित्र भने छल र पापले भरिएका हुन्‍छौ।

शेयर गर्नुहोस्
मत्ती 23 सरल नेपाली

मत्ती 23:23-28 NERV (पवित्र बाइबल)

“शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशांश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दया देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो। तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ। “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्। ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपटि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ। “व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हौ। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन। तर भित्रपट्टि मरेको मानिहरूको हड्डीहरू हुन्छन्। तिमीहरू पनि त्यस्तै हौ। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ। तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ।

शेयर गर्नुहोस्
मत्ती 23 NERV

मत्ती 23:23-28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू आफ्ना मसलाहरू अर्थात् पुदिना, सुँप र जीराका दशांश दिन्छौ, तर तिमीहरूले व्यवस्थाका अझ मुख्य कुराहरू अर्थात् न्याय, दया र विश्‍वासयोग्यताको अवहेलना गर्दछौ। तिमीहरूले पहिलोको अवहेलना नगरी दोस्रोको पनि पालन गर्नुपर्नेथियो। तिमी दृष्‍टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ। “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू कचौरा र थालको बाहिर सफा गर्दछौ, तर भित्र त लोभ र असंयमले भरिएका हुन्छौ। ए दृष्‍टिविहीन फरिसीहरू! पहिला कचौरा र थालको भित्रपट्टि सफा गर, तब बाहिरपट्टि पनि सफा हुनेछ। “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू सेतो चून लगाइएका चिहानहरूजस्ता छौ, जुन बाहिर त सुन्दर देखिन्छन्, तर भित्र त मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्। यही प्रकारले तिमीहरू मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपटीपन र दुष्‍टताले भरिएका छौ।

शेयर गर्नुहोस्
मत्ती 23 NCV