मत्ती 27:22-23
मत्ती 27:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि पिलातसले तिनीहरूलाई फेरि सोधे, “त्यसो भए ख्रीष्ट भन्ने येशूलाई चाहिँ म के गरूँ त?” “त्यसलाई क्रूसमा झुण्ड्याइयोस्!” तिनीहरू सबैले कराएर भने। पिलातसले सोधे, “यिनले के अपराध गरेका छन् र?” तर तिनीहरूले झन् चिच्च्याएर भने, “त्यसलाई क्रूसमै झुण्ड्याइयोस्!”
मत्ती 27:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्यो क्रूसमा टाँगिओस्।” तिनले भने, “किन? तिनले के अपराध गरेका छन् र?” तर तिनीहरू अझ बढ़ी यसो भन्दै चिच्च्याए, “त्यो क्रूसमा टाँगिओस।”
मत्ती 27:22-23 नेपाली समकालीन संस्करण (NCV)
पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई म के गरूँ?” तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
मत्ती 27:22-23 पवित्र बाइबल (NERV)
पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई चाहिँ? के गर्नुपर्ने?” सबै मानिसहरूले भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ!” पिलातसले सोधे, “किन उसले के गल्ती गरेको छ?” तब सबैले उच्च स्वरले कराएर भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ।”