मत्ती 3:11
मत्ती 3:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मचाहिँ त तिमीहरूलाई पश्चात्तापको लागि पानीले बप्तिस्मा दिन्छु, तर मपछि आउनुहुने मभन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
मत्ती 3:11 नेपाली समकालीन संस्करण (NCV)
“म ता तिमीहरूलाई पश्चात्तापको लागि पानीको बप्तिस्मा दिन्छु। तर मपछि मभन्दा शक्तिशाली एकजना आउनुहुनेछ, जसको जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
मत्ती 3:11 पवित्र बाइबल (NERV)
“म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिस्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
मत्ती 3:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“साँच्चै, तिमीहरूले आ-आफ्नो पाप मानिलिएर त्यसलाई छोड्न तयार भएका हौ भनेर देखाउन म तिमीहरूलाई पानीले बप्तिस्मा दिँदै छु, तर मपछि आउनुहुनेले चाहिँ तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँ त मभन्दा धेरै महान् हुनुहुन्छ। म त उहाँको जुत्ता बोक्ने लायकको पनि छैनँ।