मत्ती 6:11-13
मत्ती 6:11-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
मत्ती 6:11-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आज हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टदेखि छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’
मत्ती 6:11-13 पवित्र बाइबल (NERV)
आज दिनभरिको भोजन हामीलाई दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’
मत्ती 6:11-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्, हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं। हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्टबाट जोगाउनुहोस्। [किनभने राज्य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।]