मत्ती 7:3-4
मत्ती 7:3-4 पवित्र बाइबल (NERV)
“किन तिमी आफ्नो भाइको आँखामा भएको सानो कसिङ्गर देख्छौ, तर तिम्रो आफ्नै आँखामा भएको ठूलो काठको चोइटो भने देख्दैनौ। अथवा कसरी तिमीले तिम्रो भाइलाई भन्नसक्छौ, ‘मलाई तिम्रो आँखाबाट कसिङ्गर निकाल्नदेऊ,’ जब तिम्रो आफ्नै आँखामा त्यो काठको ठूलो चोइटो रहेकोछ?
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“किन तिमी आफ्नो भाइको आँखामा भएको धूलोको कण देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? अथवा तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ।’
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:3-4 नेपाली समकालीन संस्करण (NCV)
“तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ अनि तिम्रो आफ्नै आँखाभित्र भएको मुढातर्फ चाहिँ ध्यानै दिँदैनौ? जबसम्म तिम्रो आँखाभित्र मुढा रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ?
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्