मीका 4:6-8
मीका 4:6-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन म लङ्गड़ाहरूलाई जम्मा गर्नेछु, अनि निर्वासितहरूलाई र जसलाई मैले शोकमा पारेको थिएँ, तिनीहरूलाई म भेला गर्नेछु। लङ्गड़ाहरूलाई एउटा बाँकी भाग र टाढ़ा खेदिएकाहरूलाई एउटा सामर्थी जाति बनाउनेछु। परमप्रभुले तिनीहरूमाथि सियोन पर्वतमा त्यस दिनदेखि उसो सदासर्वदै राज्य गर्नुहुनेछ। तँचाहिँ, ए बगालको धरहरा, सियोनकी छोरीको किल्ला, तँलाई पहिलेको राज्य फेरि फर्काइनेछ, यरूशलेमकी छोरीकहाँ राजपद फेरि आउनेछ।”
मीका 4:6-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “त्यो समय आउँदै छ मैले दण्ड दिएका र कैदमा दु:ख भोगेका मानिसहरूलाई एकसाथ भेला गर्नेछु। ती लङ्गडा भएका र घरदेखि लखेटिएकाहरूमध्ये बाँकी रहेकाहरूबाट म एउटा नयाँ सुरूवात गर्नेछु र तिनीहरू एउटा महान् जाति बन्नेछन्। त्यस उप्रान्त सदासर्वदा सियोन पर्वतमा म तिनीहरूमाथि राज्य गर्नेछु।” ए यरूशलेम! गोठालाले मचानबाट भेडा हेरेझैँ परमेश्वरले आफ्नो प्रजालाई हेर्नुहुनेछ र फेरि एकपल्ट आफैं राज्यको राजधानी सहर बन्नेछस्।
मीका 4:6-8 पवित्र बाइबल (NERV)
परमप्रभु भन्नुहुन्छ, “लङ्गडाहरूलाई म त्यसदिन जम्मा गर्नेछु, अनि धपाईएकाहरूलाई र तिनीहरू जसलाई मैले दण्ड दिएको थिएँ, म भेला गर्नेछु। “लङ्गडाहरूलाई एउटा बेचेको भाग र फ्याँकिएकाहरूलाई एउटा सामर्थी जाति तुल्याउनेछु।” तिनीहरूमाथि सियोनमा परमप्रभुले अब देखि सदा-सर्वदै राज्य गर्नुहुनेछ। अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरू कहाँ आउँनेछन्, र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ। जसरि पहिला थियो।