मर्कूस 12:33
मर्कूस 12:33 पवित्र बाइबल (NERV)
अनि एउटा मानसले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा आत्माले र सारा शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि आफूले आफूलाई प्रेम गर जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ। यी आज्ञाहरू सबै अर्पणहरू अनि परमेश्वरलाई गरिएको अरू बलिदानहरू भन्दा अत्यन्त मुख्य छन्।”
मर्कूस 12:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले प्रेम गर्नु, र छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै होमबलि र बलिदानहरूभन्दा उत्तम हो।”
मर्कूस 12:33 नेपाली समकालीन संस्करण (NCV)
उहाँलाई सारा हृदयले, सारा समझले अनि सारा बलले प्रेम गर्नु, अनि आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्नुचाहिँ सबै होमबलि र बलिदानहरूभन्दा मुख्य हो।”
मर्कूस 12:33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसैकारण मानिसले परमेश्वरलाई पूरा हृदय, पूरा बुद्धि र पूरा शक्तिले प्रेम गर्नुपर्छ अनि आफ्नो छिमेकीलाई चाहिँ आफैंलाई जस्तै प्रेम गर्नुपर्छ। सबै किसिमका बलि र होमबलिहरूभन्दा पनि यी दुई आज्ञापालन गर्नु नै महत्त्वपूर्ण कुरा हो।”