मर्कूस 13:35-37
मर्कूस 13:35-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसकारण चनाखो भएर बस किनभने मालिक कुन बेला फर्की आउने हो, तिमीहरूलाई थाहा हुँदैन। ऊ त साँझमा, आधारातमा, भाले बास्ने बेलामा या बिहानीपख, कुनै पनि बेला आइपुग्न सक्छ अनि अचानक आइपुग्दा उसले तिमीहरूलाई सुतिरहेको नभेट्टाओस्! तिमीहरूलाई भनेजस्तै मैले सबैलाई नै भनेको हुँ, चनाखो भएर बस!”
मर्कूस 13:35-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसकारण तिमीहरू पनि जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्दा, कि बिहान, कहिले आउने हो, सो तिमीहरू जान्दैनौ। नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला। जे म तिमीहरूलाई भन्दछु त्यो म सबैलाई भन्दछु, ‘जागा रहो’।”
मर्कूस 13:35-37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यसकारण जागा रहो; किनकि घरका मालिक साँझमा वा मध्यरातमा वा भाले बास्दा वा बिहानै अथवा कुन समयमा आउलान्, त्यो तिमीहरू जान्दैनौ। नत्र तिनी अचानक आइपुग्दा तिनले तिमीहरूलाई सुतिरहेका भेट्टाउलान्। म तिमीहरूलाई जे भन्दछु, त्यो हरेकलाई भन्दछु: ‘जागा रहो!’ ”
मर्कूस 13:35-37 पवित्र बाइबल (NERV)
यसकारण तिमीहरू सधैँ सर्तक रहो। यो घरको मालिक कहिले फर्की आऊला भनेर तिमीहरूले थाहा पाएकै हुँदैनौ। ऊ निश्चयनै बेलुका वा मध्य रातमा, वा बिहानै, वा घाम झुल्केपछि आउनेछ। मालिक एक्कसि फकिर्नेछ। यदि तिमीहरू तयारी र सर्तक रह्यौ भने उसले तिमीहरूलाई सुतिरहेको पाउने छैन। म तिमीहरूलाई यसो भन्दछु, अनि प्रत्येकलाई यसो भन्दछु, ‘सर्तक रहो!’”