मर्कूस 13:9
मर्कूस 13:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरू आफ्ना विषयमा होशियार रहो। तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पनेछन्। तिमीहरू सभाघरहरूमा पिटिनेछौ। अनि हाकिमहरू र राजाहरूका सामुन्ने मेरो खातिर तिनीहरूलाई गवाही दिन तिमीहरू खड़ा हुनेछौ।
मर्कूस 13:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिनेछ, र सभाघरहरूमा लगेर कोर्रा लगाइनेछ। मेरो कारणले गर्दा तिमीहरूलाई साक्षीको रूपमा राज्यपालहरू र राजाहरूको सामु उभाइनेछ।
मर्कूस 13:9 पवित्र बाइबल (NERV)
“तिमीहरू होशियारी बस। मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि न्यायको लागि लैजानेछन्। तिनीहरूले सभाघरहरूमा तिमीहरूलाई पिट्नेछन्। तिमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनेछ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तीमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइन्छ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तिमीहरूले मलाई पछ्याएको कारणले गर्दा यी सबै हुनेछ
मर्कूस 13:9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तिमीहरूचाहिँ होशियार भएर बस किनभने मानिसहरूले तिमीहरूलाई पक्रेर अड्डा-अदालतमा पुर्याउनेछन् अनि सभाघरहरूमा लगेर कोर्रा लाउनेछन्। तिमीहरू मेरै कारणले बडा-हाकिम र राजाहरूकाअगाडि समेत उभ्याइनेछौ। तिमीहरूले तिनीहरूलाई मेरो बारेमा साक्षी दिनुपर्नेछ।