मर्कूस 6:5-6
मर्कूस 6:5-6 नेपाली समकालीन संस्करण (NCV)
उहाँले त्यहाँ केही बिरामीहरूमाथि हात राखेर तिनीहरूलाई निको पार्नु बाहेक अरू कुनै शक्तिशाली कामहरू गर्न सक्नुभएन। अनि उहाँ तिनीहरूका अविश्वास देखेर छक्क पर्नुभयो। त्यसपछि येशू चारैतिर सिकाउँदै एउटा गाउँदेखि अर्को गाउँ जानुभयो।
मर्कूस 6:5-6 पवित्र बाइबल (NERV)
येशूले त्यस शहरमा त्यत्ति धेरै आशचर्य कर्महरू गर्नसक्नु भएन। उहाँले केही पीडित मानिसहरूलाई आफ्नो हात राखेर निको पार्नु वाहेक अरू केही सक्तिको काम गर्नु भएन। ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानुभयो र शिक्षा दिन लाग्नुभयो।
मर्कूस 6:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र उहाँले त्यहाँ कुनै-कुनै रोगीहरूमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्नुभएन। तिनीहरूको अविश्वास देखेर उहाँ छक्क पर्नुभयो। अनि उहाँ गाउँ-गाउँमा शिक्षा दिँदैजानुभयो।
मर्कूस 6:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसैले येशूले थोरै बिरामीहरूमाथि हात राखेर निको पार्ने कामबाहेक अरू अचम्मका कामहरू गर्न सक्नुभएन। आफ्ना ठाउँका मानिसहरूले विश्वास नगरेको देख्दा उहाँलाई उदेक लाग्यो। येशू गाउँ-गाउँको बाटो भएर मानिसहरूलाई शिक्षा दिंदै जानुभयो।