नहेम्याह 3:1
नहेम्याह 3:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रधान पूजाहारी एल्यासीब र तिनका सङ्गी-पूजाहारीहरूले काम सुरु गरेर भेड़ा ढोकाको पुनर्निर्माण गरे। तिनीहरूले त्यसका ढोकाहरू खड़ा गरे। तिनीहरूले यो काम सयको बुर्जा र हननेलको बुर्जासम्मै सके र त्यसलाई अर्पण गरे।
नहेम्याह 3:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रधान पुजारी एल्यासीब र तिनका सहयोगी पुजारीहरूले काम सुरु गरेर भेडा ढोकाको पुनर्निर्माण गरे। तिनीहरूले भेडा ढोकालाई समर्पण गरे, र ढोकाहरूलाई त्यसका ठाउँमा खडा गरे। तिनीहरूले यो काम सयको धरहरासम्मै र हननेलको धरहरासम्मै तिनीहरूले काम सके, र त्यसलाई अर्पण गरे।
नहेम्याह 3:1 पवित्र बाइबल (NERV)
एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेंडा-ढोका फेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले यसको हन्मेआ बुर्जा देखी हननेलको बुर्जा सम्म समर्पण गरे।
नहेम्याह 3:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सहरको पर्खाल यसरी फेरि बनियो। मुख्य पूजाहारी एल्यासीब र उनका अरू पूजाहारी साथीहरू मिलेर भेडा-ढोका बनाए, त्यसलाई समर्पण गरे र त्यसका फाटकहरू खडा गरे। त्यसरी तिनीहरूले पर्खाललाई सय-सयको बुर्जा र हननेलको बुर्जासम्म मर्मत गरेर लगे र तिनलाई पवित्र गरी समर्पण गरे।