नहेम्याह 9:19-21
नहेम्याह 9:19-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तापनि तपाईंले तिनीहरूलाई ठूलो करुणा देखाएर उजाड़-स्थानमा त्याग्नुभएन। तिनीहरूको यात्रामा दिउँसो बादलको खामोले बाटो देखाउन र राती तिनीहरूका यात्राको बाटोमा प्रकाश दिने आगोको खामोले तिनीहरूलाई छोड़ेनन्। तिनीहरूलाई शिक्षा दिन तपाईंले आफ्ना असल आत्मा दिनुभयो। तिनीहरूको भोक मार्न तिनीहरूलाई मन्न दिन तपाईंले छोड्नुभएन, र तिनीहरूको तिर्खा मार्न तिनीहरूलाई पानी दिनुभयो। चालीस वर्षसम्म उजाड़-स्थानमा तपाईंले तिनीहरूलाई सम्हाल्नुभयो। तिनीहरूलाई केही कुराको अभाव भएन; तिनीहरूका लुगाहरू फाटेनन् र तिनीहरूका खुट्टाहरू सुनिएनन्।
नहेम्याह 9:19-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तपाईंको अपार दयाको कारण तपाईंले तिनीहरूलाई उजाडस्थानमा त्याग्नुभएन। दिउँसो बादलको खाँबोले तिनीहरूको बाटोमा डोर्याउन छोडेन, न त राति तिनीहरूको बाटोमा ज्योति दिन आगोको खाँबो नै रोकियो। तपाईंले आफ्नो असल आत्मा तिनीहरूलाई सिकाउनलाई दिनुभयो। तपाईंको मन्न तिनीहरूको मुखबाट तपाईंले खोस्नु भएन; अनि तपाईंले तिनीहरू तिर्खाएको बेला पानी दिनुभयो। चालीस वर्षसम्म तपाईंले तिनीहरूलाई उजाडस्थानमा जुटाउनुभयो; तिनीहरूलाई कुनै पनि कुराको अभाव भएन। तिनीहरूका लुगाहरू फाटेनन् र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।
नहेम्याह 9:19-21 पवित्र बाइबल (NERV)
तर तपाइको महान करूणाको कारणले गर्दा, तपाईंले तिनीहरूलाई मरुभूमिमा छोडनु भएन, बादलको खामोले तिनीहरूलाई दिनको यात्रामा अगुवाई गर्न रोक्नु भएन अनि आगोको ज्वालाले राती तिनीहरू हिंडनु पर्ने बाटो उज्यालो तुल्याउन छोडनु भएन। तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो। तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन, अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो। तपाईंले चालीस बर्षसम्म उज्जाड स्थानमा तिनीहरूको हेरचाह गर्नुभयो, त्यहाँ तिनीहरूलाई केही अभाव थिएन। तिनीहरूका वस्त्रहरू मक्किएनन् र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।
नहेम्याह 9:19-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तरै पनि तपाईंले तिनीहरूलाई मरुभूमिमा नै फाल्नुभएन, कारण तपाईंको दया महान् छ, तिनीहरूलाई बाटो देखाउने दिउँसोको बादल र रातीको आगोको प्रकाश तपाईंले हटाउनुभएन। आफू असल हुनुभएकोले तिनीहरूलाई तपाईंले शिक्षा दिन छोड्नुभएन; खानलाई मन्न र पिउनलाई पानी दिनुभयो। तपाईंले मरुभूमिमा चालीस वर्षसम्म तिनीहरूलाई चाहिएका कुराहरू दिइरहनुभयो; तिनीहरूका वस्त्र कहिल्यै फाटेनन्, र तिनीहरूका खुट्टा पीडाले सुन्निएनन्।