गन्ती 14:11 - Compare All Versions

गन्ती 14:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले मलाई कतिसम्‍म तिरस्‍कार गरिरहनेछन्‌? यिनीहरूका बीचमा मैले गरेका चिन्‍हहरू देखेर पनि यिनीहरूले कतिसम्‍म ममाथि अविश्‍वास गर्नेछन्‌?

शेयर गर्नुहोस्
गन्ती 14 NNRV

गन्ती 14:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्? मैले तिनीहरूको बीचमा गरेका सबै अलौकिक चिन्हहरू देखेर पनि तिनीहरूले ममाथि कहिलेसम्म विश्‍वास गर्न इन्कार गर्छन्?

शेयर गर्नुहोस्
गन्ती 14 NCV

गन्ती 14:11 NERV (पवित्र बाइबल)

परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्?

शेयर गर्नुहोस्
गन्ती 14 NERV

गन्ती 14:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभुले मोशालाई भन्‍नुभयो, “कहिलेसम्‍म यी मानिसहरूले मलाई अस्‍वीकार गर्ने हुन्? मैले तिनीहरूका बीचमा यति धेरै उदेकका कामहरू गरिसकें, तापनि अझै कतिञ्‍जेल तिनीहरू ममाथि भरोसा नगर्ने हुन्।

शेयर गर्नुहोस्
गन्ती 14 सरल नेपाली