गन्ती 14:21-23 - Compare All Versions
गन्ती 14:21-23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तापनि, जस्तो म जीवित छु र जसरी मेरो महिमाले पृथ्वी भरिएको छ, मिश्र र उजाड़-स्थानमा मेरा महिमा र आश्चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्नेछैन। मलाई तिरस्कार गर्नेले त्यो कहिल्यै देख्नेछैन।
गन्ती 14:21-23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि म जीवित भएझैँ र याहवेहको महिमाले सम्पूर्ण पृथ्वी ढाकिएझैँ, मेरो महिमा अनि मैले इजिप्टमा र उजाडस्थानमा देखाएका अलौकिक चिन्हहरू देखेका छन्। र पनि मेरो आज्ञापालन नगर्ने र मलाई दश पल्टसम्म जाँच गर्ने एकै जनाले पनि अर्थात् तिनीहरूमध्ये एउटैले पनि मैले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देशलाई कहिल्यै देख्न पाउनेछैनन्। मलाई अनादर गर्ने कुनै पनि व्यक्तिले त्यस देशलाई कहिल्यै देख्न पाउनेछैन।
गन्ती 14:21-23 NERV (पवित्र बाइबल)
तर म साँचो भन्दछु, जस्तो म जीवित छु र जसरी परमप्रभुको महिमाले पृथ्वी नै भरिन्छ, ती सबै मानिसहरू मेरो महिमा र मेरा अश्चर्य चिन्हहरू जो मैले मिश्र देशमा देखाएको देखेका छन् अनि दश पल्ट मलाई परीक्षा लिएका छन् र ऐले मेरो कुराहरू मान्दैनन्, यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्।
गन्ती 14:21-23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
म जीवित छु र मेरो उपस्थितिले पृथ्वी भरिँदै छ भन्ने स्वयम् साक्षी राखी म भन्दछु कि यी मानिसहरूमध्ये एक जना पनि त्यस देशमा पस्न पाउनेछैनन्। मेरो उपस्थितिले तिनीहरूका आँखा तिरीमिरि पार्ने ज्योति अनि मैले मिश्रदेशमा र वनमा गरेका उदेकका कामहरू सबै देखेका छन् तर घरीघरी तिनीहरूले मेरा धैर्यको जाँच गरेका छन् र मेरा आज्ञा मान्न चाहेका छैनन्। मैले तिनीहरूका पुर्खालाई प्रतिज्ञा गरेको देशमा तिनीहरू पस्न पाउनेछैनन्। मलाई इन्कार गर्ने कोही पनि त्यस देशमा पस्न पाउनेछैन।