गन्ती 16:1-2
गन्ती 16:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरह, र साथै रूबेनको कुलका एलीआबका छोराहरू दातान र अबीराम, अनि पेलेथका छोरा ओन अटेरी भए। अनि उनीहरू इस्राएलीहरूका केही मानिसहरू, अर्थात् सभामा बोलाइएका, समुदायमा नाउँ चलेका दुई सय पचास नेताहरूसित मोशाको विरुद्धमा खड़ा भए।
गन्ती 16:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक दिन लेवीको छोरा कहात, कहातको छोरा यिसहार, यिसहारको छोरा कोरहले, रूबेनी कुलका एलिआबका छोराहरू दातान र अबीराम अनि पेलेतको छोरा ओनलाई आफ्नो पक्षमा लिए। अनि मोशाको विरुद्धमा तिनीहरू उठे। तिनीहरूसँग इस्राएली मानिसहरूका समुदायको सभामा नियुक्त गरिएका मान्य 250 जना अगुवाहरू पनि सामेल थिए।
गन्ती 16:1-2 पवित्र बाइबल (NERV)
यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए। इस्राएलका 250 मानिसहरू साथमा लिएर मोशाको विरोधमा गए। ती 250 मानिसहरू नाम चलेका तथा नेताहरू थिए।
गन्ती 16:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
लेवी गोत्रका कहात वंशका यिसहारको छोरो कोरहले मोशाको नेतृत्वको विरुद्धमा विद्रोह गर्ने आँट गर्यो। रूबेन कुलका तीन जना अर्थात् एलिआबका छोराहरू दातान, अबीराम र पेलेथको छोरो ओन पनि त्योपट्टि लागे। इस्राएली समाजले चुनेका र खुबै रुचाएका दुई सय पचास इस्राएलीहरूले पनि त्यसको साथ दिए।