गन्ती 20:8 - Compare All Versions

गन्ती 20:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“यो लहुरो लिएर तँ र तेरो दाजु हारून गएर समुदायलाई जम्‍मा गर। तिनीहरूका आँखाकै सामुन्‍ने यस चट्टानलाई हुकुम गर्‌ र चट्टानबाट पानी निस्‍कनेछ, र तैंले यस चट्टानबाट तिनीहरूका निम्‍ति पानी निकाल्‍नेछस्‌। यसरी तैंले समुदाय र तिनका गाईबस्‍तुहरूलाई पानी दिनेछस्‌।”

शेयर गर्नुहोस्
गन्ती 20 NNRV

गन्ती 20:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“तेरो लहुरो लिएर तँ र तेरा दाजु हारूनले समुदायलाई एकसाथ भेला गराउनू। तिनीहरूको आँखाकै सामु त्यस चट्टानलाई आज्ञा दिनू। तब त्यस चट्टानबाट पानी निस्कनेछ। तैँले समुदायका लागि चट्टानबाट पानी निकाल्नेछस्। अनि तिनीहरू र तिनीहरूका गाईबस्तुहरूले पानी पिउनेछन्।”

शेयर गर्नुहोस्
गन्ती 20 NCV

गन्ती 20:8 NERV (पवित्र बाइबल)

“तिमी र तिम्रा दाज्यू हारूनले त्यो लौरो लेऊ र मानिसहरूलाई भेला गर अनि तिनीहरूको सामुन्नेको चट्टानसित बोल। तब चट्टानले तिमीहरूलाई पानी दिनेछ। यसरी मानिसहरू र तिनीहरूको पशुहरूको निम्ति तिमीहरूले चट्टानबाट पानी दिन सक्छौ।”

शेयर गर्नुहोस्
गन्ती 20 NERV

गन्ती 20:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“करारका सन्‍दुकको अघि भएको लौरो हातमा ली। हारून र तैँले सबै इस्राएलीहरूलाई भेला गर्नू र तिनीहरूको सामु त्‍यो चट्टानसित कुरा गर्नू। चट्टानबाट पानी जोडले बही निस्‍कनेछ। यस प्रकारले चट्टानबाट तिमीहरूले मानिसहरूको लागि पानी निकाल्‍नेछौ र तिनीहरू र तिनीहरूका पशुहरूले पानी पिउनेछन्।”

शेयर गर्नुहोस्
गन्ती 20 सरल नेपाली