गन्ती 3:12-13 - Compare All Versions

गन्ती 3:12-13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“इस्राएलीहरूमा पहिले जन्‍मेर गर्भ खोल्‍ने पुरुषहरू सबैका सट्टामा मैले लेवीहरूलाई इस्राएलीहरूका बीचबाट लिएको छु। यसैले लेवीहरू मेरै हुन्, किनकि सबै पहिले जन्‍मने मेरा हुन्‌। मिश्रका पहिले जन्‍मेका सबैलाई मारेको दिन मैले इस्राएलका मान्‍छे र पशु दुवैका पहिले जन्‍मेका र बियाएकाहरूलाई मेरै निम्‍ति अलग गरेको थिएँ। तिनीहरू मेरा हुन्‌। म परमप्रभु हुँ।”

शेयर गर्नुहोस्
गन्ती 3 NNRV

गन्ती 3:12-13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“मैले इस्राएलीहरूबाट हरेक इस्राएली स्त्रीहरूको जेठा छोराहरूको सट्टामा लेवीहरूलाई लिएको छु। लेवीहरू मेरा हुन्; किनकि सबै पहिले जन्मनेहरू मेरा हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूलाई प्रहार गरेँ, तब मैले इस्राएलका चाहे मानिसको होस् या पशुको होस्, पहिले जन्मेकाहरूलाई मेरा निम्ति अलग गरेँ। अनि तिनीहरू मेरा हुन्; म नै याहवेह हुँ।”

शेयर गर्नुहोस्
गन्ती 3 NCV

गन्ती 3:12-13 NERV (पवित्र बाइबल)

“याद राख, मैले लेवीहरूलाई इस्राएलका पहिले जन्मने मानिसहरूको सट्टामा लिएको छु। यसकारण लेवीहरू मेरा हुन् र इस्राएलका पहिले जन्मने छोराहरू मलाई दिनु पर्दैन। जब तिमीहरू मिश्र देशमा थियौ, मैले मिश्रदेशका मानिसहरूका पहिले जन्मेका सबै नानीहरू मारें अनि मैले इस्राएलीहरूका पहिले जन्मेका नानीलाई मेरो नानीहरू झैं छुट्टाएँ र त्यसरी नै पहिले जन्मेका पशुहरूलाई पनि छुट्याएँ। तिनीहरू सबै मेरो हुन् म परमेश्वर हुँ।”

शेयर गर्नुहोस्
गन्ती 3 NERV

गन्ती 3:12-13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“अब लेवीहरू मेरा हुनेछन्, जब मैले मिश्रीहरूका सबै पहिले जन्‍मेकाहरूलाई मारें, तब प्रत्‍येक इस्राएली परिवारका जेठा छोराहरू र प्रत्‍येक पहिलो जन्‍मेको पशुलाई मेरो आफ्‍नो बनाई पवित्र गरें। अब इस्राएलका जेठा छोराहरूका सट्टामा लेवीहरू मेरा हुन्, तिनीहरू मेरा हुनेछन्। म परमप्रभु हुँ।”

शेयर गर्नुहोस्
गन्ती 3 सरल नेपाली