गन्ती 7:89 - Compare All Versions

गन्ती 7:89 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब मोशा भेट हुने पालमा परमप्रभुसित कुरा गर्न भित्र गए, तब गवाहीको सन्‍दूकमा रहेको कृपा-आसनमाथिका दुई करूबहरूका बीचबाट तिनले आफूसँग बोलिरहनु भएको वाणी सुने। अनि परमप्रभु तिनीसित बोल्‍नुभयो।

शेयर गर्नुहोस्
गन्ती 7 NNRV

गन्ती 7:89 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब मोशा याहवेहसँग कुरा गर्न भेट हुने पालभित्र पसे, तब तिनले साक्षी पाटीको सन्दुकमा भएको पाप समाधान-स्थानमाथि भएका दुई करूबहरूका बीचबाट तिनीसँग बोलिरहेको आवाज सुने। यसरी याहवेह मोशासँग बोल्नुभयो।

शेयर गर्नुहोस्
गन्ती 7 NCV

गन्ती 7:89 NERV (पवित्र बाइबल)

परमेश्वरसित कुरा गर्न जब मोशा भेट हुने पालभित्र गए, करारको सन्दूकमाथिको कृपा-आसनमा दुइजना करूब स्वर्गदूतहरूको माझबाट परमेश्वरले तिनीसँग बोलिरहेको आवाज सुने। यसरी परमेश्वरले तिनीसित कुरा गर्नुभयो।

शेयर गर्नुहोस्
गन्ती 7 NERV

गन्ती 7:89 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

जब मोशा पवित्र पालमा परमप्रभुसित कुरा गर्नलाई गए, तिनले करारको सन्‍दुकको प्रायश्‍चितको ढकनामाथि भएका दुईवटा करूबहरूका बीचबाट परमप्रभु बोल्‍दै गर्नुभएको सुने।

शेयर गर्नुहोस्
गन्ती 7 सरल नेपाली