फिलिप्पी 3:13-14
फिलिप्पी 3:13-14 नेपाली समकालीन संस्करण (NCV)
दाजुभाइ-दिदीबहिनीहरूहो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: बितेका कुरालाई बिर्सेर, अगाडिका कुरातिर अघि बढ्ने प्रयत्न गर्दैछु, म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्त गर्ने लक्ष्यतर्फ अघि बढ्दैछु, जसको निम्ति परमेश्वरले ख्रीष्ट येशूमा मलाई बोलाउनुभएको छ।
फिलिप्पी 3:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़सँग अगि बढ्दछु।
फिलिप्पी 3:13-14 पवित्र बाइबल (NERV)
दाज्यू-भाइ, दिदी-बहिनीहरू म जान्दछु, म अझै त्यस लक्ष्यमा पुगेको छैन। तर एउटा कुरा जुन म सधैँ गर्छु, त्यो होः म बितेको कुरा भुलिदिन्छु अनि आफ्नो अघिल्तिरकै लक्ष्यमा पुग्न म सक्दो कोशिश गर्छु। लक्ष्यमा पुग्ने र पुरस्कार पाउने कोशिश म गरिनैरहन्छु। त्यो पुरस्कार मेरो निम्ति पक्का गरिएकोछ किनकि परमेश्वरले मलाई ख्रीष्टद्वारा जीवनमाथि बोलाइएको छु।
फिलिप्पी 3:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाजुभाइहरू, यो पाइसकेको छु जस्तो त मलाई लाग्दैन तर एउटा कामचाहिँ गर्छु, त्योचाहिँ पछाडिका कुराहरूलाई बिर्सेर अगाडि भएको कुरा पाउन म कोसिस गर्छु। यसकारण स्वर्गको इनाम जित्ने विचारले निशानातिर दगुर्दै छु। परमेश्वरले यसको लागि ख्रीष्ट येशूद्वारा अनन्तको जीवनमा मलाई बोलाउनुभएको हो।