भजनसंग्रह 10:17-18
भजनसंग्रह 10:17-18 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्। उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्! हे परमप्रभु, टुहुरा-टुहुरीहरूको रक्षा गर्नुहोस्। दुःखी मानिसहरूलाई अझै समस्या र कष्टहरूमा बढ्ता पीडित हुन नदिनु होस्। दुष्टहरूलाई यहाँ बस्नसम्म भयभीत पारीदिनु होस्।
भजनसंग्रह 10:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, पीडितहरूको इच्छा तपाईं सुन्नुहुन्छ, तिनीहरूको हृदयलाई तपाईं बलियो पार्नुहुन्छ। तिनीहरूको पुकारा तपाईं सुन्नुहुन्छ। तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ, ताकि पृथ्वीको मरणशील मानिसले आतङ्क अझै नमच्चाओस्।
भजनसंग्रह 10:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! दीनजनहरूका प्रार्थना तपाईंले सुन्नुहुनेछ, तपाईंले तिनीहरूलाई साहस दिनुहुन्छ। तपाईंले थिचोमिचोमा परेकाहरू र टुहुरा-टुहुरीहरूको पुकार सुन्नुहुन्छ। तिनीहरूको पक्षमा न्याय गर्नुहुनेछ र अब उसो मरणशील मानिसले कसैलाई विपत्तिमा पार्न सक्नेछैन।