YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 121:1-8

भजनसंग्रह 121:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

पर्वतहरूतिर म आफ्‍ना आँखा उचाल्‍छु। मेरो गुहार कहाँबाट आउँछ? स्‍वर्ग र पृथ्‍वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ। उहाँले तिम्रा खुट्टा चिप्‍लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्‍यै उँघ्‍‌नुहुनेछैन। साँच्‍ची नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न त उँघ्‍‌नुहुन्‍छ न सुत्‍नुहुन्‍छ। परमप्रभु तिम्रा रक्षक हुनुहुन्‍छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्‍छ। दिउँसो घामले तिम्रो हानि गर्नेछैन, न त जूनले राती तिम्रो कुनै हानि गर्नेछ। परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ। तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्‍म।

शेयर गर्नुहोस्
भजनसंग्रह 121 पढ्नुहोस्

भजनसंग्रह 121:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु— मेरो सहायता कहाँबाट आउँछ? मेरो सहायता याहवेहबाट आउँछ, जो स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ। उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन— तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन; साँच्‍चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ। याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ— याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ; दिउँसोको घामले तिमीलाई पोल्नेछैन, न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ। याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ— उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ; तिमी बाहिर जाँदा र भित्र आउँदा, अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 121 पढ्नुहोस्

भजनसंग्रह 121:1-8 पवित्र बाइबल (NERV)

सहायताको निम्ति म पहाडहरू तिर हेर्छु। तर मेरो सहायता कहाँबाट आउँछ? मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट आउँछ। परमेश्वरले पतनहुन दिनु हुनेछैन, तिम्रो संरक्षक निदाई जाने होइन। इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न। परमेश्वर कहिल्यै निदाउनु हुन्न। परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ, उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ। तिमीलाई दिउँसो घामले अनि राती जूनले हानि पुराउँदैन। परमप्रभुले प्रत्येक सङ्कटबाट तिम्रो रक्षा गर्नुहुन्छ। परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ। तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!

शेयर गर्नुहोस्
भजनसंग्रह 121 पढ्नुहोस्

भजनसंग्रह 121:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पर्वतहरूतिर म आफ्‍ना आँखा उचाल्‍दछु। मेरो सहायता कहाँबाट आउनेछ? स्‍वर्ग र पृथ्‍वी बनाउनुहुने परमप्रभुबाट मेरो सहायता आउनेछ। उहाँले तँलाई लोट्‍न दिनुहुनेछैन, तेरो रक्षक सधैँ जागा रहनुहुन्‍छ। इस्राएलका रक्षक न कहिल्‍यै उँघ्‍नुहुन्‍छ न निदाउनुहुन्‍छ। परमप्रभुले तँलाई रक्षा गर्नुहुनेछ, तेरो रक्षाको लागि उहाँ तेरो छेउमा हुनुहुन्‍छ। दिउँसो सूर्यले र राती जूनले तँलाई हानि गर्नेछैनन्। परमप्रभुले तँलाई सबै खतरादेखि बचाउनुहुनेछ, उहाँले तँलाई कुशल राख्‍नुहुनेछ। तँ जाँदा-आउँदा अहिले अनि सधैँभरि उहाँले तेरो रक्षा गर्नुहुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 121 पढ्नुहोस्