भजनसंग्रह 40:1-2
भजनसंग्रह 40:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्टि गर्नुभयो र मेरो पुकारा सुन्नुभयो। उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो, र मलाई उभिन दृढ़ स्थान दिनुभयो।
भजनसंग्रह 40:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ; उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्नुभयो। उहाँले मलाई खाडलबाट, दलदले हिलोबाट तानेर निकाल्नुभयो; उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो; र मलाई उभिन स्थिर स्थान दिनुभयो।
भजनसंग्रह 40:1-2 पवित्र बाइबल (NERV)
मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो। उहाँले मेरा विलापहरू सुन्नुभयो। परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो। उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो। उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।
भजनसंग्रह 40:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले परमप्रभुको सहायता धैर्यसित पर्खिरहें, तब उहाँले कान थाप्नुभयो र मेरो पुकार सुन्नुभयो। मलाई डरलाग्दो खाडलदेखि, नाश गर्ने दलदले धापदेखि उहाँले निकाल्नुभयो। उहाँले मलाई चट्टानमाथि राख्नुभयो र सुरक्षित पार्नुभयो।