बाइबल एप लोगो
खोज आइकन

भजनसंग्रह 43:1-5 - सबै संस्करणहरू तुलना गर्नुहोस्

भजनसंग्रह 43:1-5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

हे मेरा परमेश्‍वर, मेरो निर्दोषता साबित गरिदिनुहोस्‌, र भक्तिहीन जातिको विरुद्ध मेरो पक्षमा बोलिदिनुहोस्‌। मलाई छल गर्ने र दुष्‍ट मानिसहरूबाट छुटाउनुहोस्‌। तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, मेरो किल्‍ला। मलाई किन तपाईंले त्‍याग्‍नुभएको छ? मलाई किन शत्रुहरूको अत्‍याचारमा परी विलाप गर्दै हिँड्‌नुपर्छ? तपाईंको ज्‍योति र तपाईंको सत्‍यता पठाइदिनुहोस्‌, तिनैले मलाई डोर्‍याऊन्‌, तिनले नै मलाई तपाईंको पवित्र पर्वतमा, त्‍यो वासस्‍थानमा पुर्‍याऊन्‌, जहाँ तपाईं वास गर्नुहुन्‍छ। तब म परमेश्‍वरको वेदीमा जानेछु, मेरा परमेश्‍वरकहाँ, जो मेरो अति आनन्‍द र हर्ष हुनुहुन्‍छ। म वीणा बजाउँदै तपाईंको स्‍तुति गर्नेछु, हे परमेश्‍वर, मेरा परमेश्‍वर। हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 43 NNRV

भजनसंग्रह 43:1-5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हे परमेश्‍वर! मलाई निर्दोष साबित गर्नुहोस् र अधर्मीहरूका सामु मेरा पक्षमा बोल्‍नुहोस्। झूटो बोल्‍ने र दुष्‍ट मानिसहरूदेखि मेरो उद्धार गर्नुहोस्। तपाईं मेरो रक्षक हुनुहुन्‍छ, तपाईंले मलाई किन त्‍याग्‍नुभयो? मेरा शत्रुहरूका निष्‍ठुरताले गर्दा किन मैले कष्‍ट भोगिरहनुपर्ने हो? तपाईंका ज्‍योति र सत्‍यता पठाउनुहोस्, ती कुराले मलाई बाटो देखाऊन् अनि तपाईंको पवित्र डाँडा सियोनमा, तपाईं बास गर्नुहुने मन्‍दिरमा मलाई पुर्‍याऊन्। हे परमेश्‍वर! तब म तपाईंको वेदीमा जानेछु, तपाईं मेरो आनन्‍दको स्रोत हुनुहुन्‍छ। म वीणा बजाएर तपाईंलाई स्‍तुति चढाउनेछु। हे परमेश्‍वर! मेरो परमेश्‍वर! किन म यति उदास छु? किन यति कष्ठित छु? म परमेश्‍वरमा आफ्‍नो आशा राख्‍नेछु, म फेरि पनि आफ्‍ना परमेश्‍वर र उद्धारकको प्रशंसा गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 43 सरल नेपाली

भजनसंग्रह 43:1-5 NERV (पवित्र बाइबल)

हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन। त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ। हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु। मलाई त्यो मानिसबाट बचाउनु होस्। हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ, किन तपाईंले मलाई त्यग्नु भयो? किन तपाईंले मलाई देखाउनु भएन कि कसरी म मेरो शत्रुदेखि भाग्नु। हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्। तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्। म परमेश्वरको वेदीमा जानेछु। हे परमेश्वर, म परमेश्वरकहाँ आउनेछु जसले मलाई अत्यन्तै खुशी बनाउँनु हुन्छ। हे परमेश्वर, हे मेरो परमेश्वर, म वीणा बजाएर परमेश्वरको प्रशंसा गर्छु। किन म यति साह्रो तल झरें? किन म यत्ति साह्रो विचलित छु? मैले परमेश्वरको सहायताको निम्ति पर्खनु पर्नेछ, म फेरि अझै पनि उहाँको प्रशंसा गर्न मौका पाउँछु, उहाँले मलाई बचाउनु हुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 43 NERV

भजनसंग्रह 43:1-5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हे मेरा परमेश्‍वर, मलाई निर्दोष प्रमाणित गर्नुहोस्, र भक्तिहीन जातिको विरुद्धमा मेरो पक्षमा बोलिदिनुहोस्; छली र दुष्‍टहरूबाट मलाई छुटाउनुहोस्! किनकि तपाईं परमेश्‍वर हुनुहुन्छ, जसमा मेरो शक्ति छ। तपाईंले मलाई किन त्याग्नुभएको छ? शत्रुबाट थिचोमिचोमा परेर मैले किन विलाप गर्दै हिँड्नुपर्छ? तपाईंको ज्योति र तपाईंको विश्‍वासयोग्यतालाई पठाइदिनुहोस्; तिनले मलाई डोर्‍याऊन्; तिनले नै मलाई तपाईंको पवित्र पर्वतमा पुर्‍याऊन्; त्यस स्थानमा, जहाँ तपाईं बास गर्नुहुन्छ। तब म परमेश्‍वरको वेदीमा जानेछु, परमेश्‍वरकहाँ, जो मेरो आनन्द र हर्ष हुनुहुन्छ। म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु, हे परमेश्‍वर, मेरा परमेश्‍वर। हे मेरो प्राण, तँ किन उदास हुन्छस्? हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्? परमेश्‍वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 43 NCV