भजनसंग्रह 69:13
भजनसंग्रह 69:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर म तपाईंलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईंको निगाहको बेलामा। तपाईंको महान् प्रेममा, हे परमेश्वर, तपाईंको निश्चित उद्धारले मलाई उत्तर दिनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 69 पढ्नुहोस्भजनसंग्रह 69:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर हे याहवेह, तपाईंको ग्रहणयोग्य समयमा, म तपाईंलाई प्रार्थना गर्दछु; हे परमेश्वर, तपाईंको अचुक प्रेममा, तपाईंको निश्चित छुटकाराले मलाई उत्तर दिनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 69 पढ्नुहोस्भजनसंग्रह 69:13 पवित्र बाइबल (NERV)
तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः तपाईंले मलाई ग्रहण गरेको चाहन्छु। हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहन्छु, म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नसक्छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 69 पढ्नुहोस्भजनसंग्रह 69:13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर मचाहिँ तपाईंलाई प्रार्थना गर्छु, हे परमप्रभु! तपाईंले रोज्नुभएको समयमा मलाई उत्तर दिनुहोस्, हे परमेश्वर! आफ्नो महान् प्रेमको कारण मलाई उत्तर दिनुहोस् किनभने तपाईंले “बचाउँछु” भनी गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 69 पढ्नुहोस्