प्रकाश 12:3-4
प्रकाश 12:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि स्वर्गमा अर्को एउटा चिन्ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्यो। त्यसको पुच्छरले स्वर्गको एक तिहाइ ताराहरूलाई सोहोरेर पृथ्वीमा फालिदियो। बालक जन्मनासाथ त्यसलाई निलिहालूँ भनी त्यो अजिङ्गर बालक जन्माउन लागेकी स्त्रीको सामुन्ने खड़ा थियो।
प्रकाश 12:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब स्वर्गमा अर्को चिन्ह देखा पर्यो: सात शिरहरू, दश सिङहरू भएको र शिरहरूमा सात वटा मुकुटहरू भएको एउटा विशाल रातो अजिङ्गर। त्यसको पुच्छरले आकाशका ताराहरूको तेस्रो भागलाई सोहोरेर पृथ्वीमा फाल्यो; अनि बच्चा जन्माउन लागेकी स्त्रीले बालक जन्माउनसाथ त्यसलाई खाइहाल्न भनेर त्यो अजिङ्गर त्यस स्त्रीको सामु उभियो।
प्रकाश 12:3-4 पवित्र बाइबल (NERV)
त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरू थियो। त्यो विशाल सर्पको पुच्छरले आकाशको ताराहरूको एक तिहाईं अंश सोहोरेर पृथ्वीमा खसालि दियो। त्यो विशाल सर्प त्यस स्त्रीको सामुन्ने खड़ा थियो जो स्त्री बालक जन्म दिन तयार थिइन्। त्यो सर्प त्यस स्त्रीको बालक जन्मने बितिकै त्यसलाई खान चाहन्थ्यो।
प्रकाश 12:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि आकाशमा अर्को एउटा अचम्मको चिन्ह देखा पर्यो, सात टाउका र दश वटा सिङ भएको एउटा ठूलो रातो अजिङ्गर थियो। त्यसका सात टाउकामा सातवटा मुकुट थिए। त्यसको पुच्छरले ताराहरूको तेस्रो भागलाई आकाशदेखि घिस्याएर पृथ्वीमा फ्याँकिदियो अनि जन्म हुन आँटेको बालकलाई जन्मनेबित्तिकै खान सुत्केरी हुन लागेकी स्त्रीको अगाडि त्यो अजिङ्गर उभियो।