प्रकाश 19:12-13
प्रकाश 19:12-13 पवित्र बाइबल (NERV)
तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरू छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन। तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।
प्रकाश 19:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँका आँखा आगोको ज्वालाजस्ता रहेछन् र उहाँका टाउकोमा धेरै मुकुट थिए। उहाँको एउटा नाउँ लेखिएको थियो तर त्यो नाउँ उहाँलाई मात्र थाहा छ। उहाँले लाउनुभएको लुगा रगतले भरिएको थियो। उहाँको नाउँचाहिँ “परमेश्वरको वचन” हो।
प्रकाश 19:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्वरको वचन” थियो।
प्रकाश 19:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँका आँखाहरू बल्दैगरेको आगोजस्ता छन्, र उहाँका शिरमा धेरै मुकुटहरू छन्। उहाँमा एउटा नाम लेखिएको छ, जो उहाँबाहेक अरू कसैले जान्दैन। उहाँले रगतमा चोपिएको एउटा पोशाक पहिरिनुभएको छ; अनि उहाँको नाम परमेश्वरको वचन हो।