प्रकाश 6:5-6
प्रकाश 6:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब उहाँले तेस्रो मोहोर तोड्नुभयो, तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। मैले एउटा कालो घोडा देखें। घोड़सवारको हातमा एउटा तराजू थियो। ती चार जीवित प्राणीका बीचमा एउटा आवाजले यसो भनेजस्तो मैले सुनें, “एक दिनको ज्यालामा एक किलो गहूँ, र एक दिनको ज्यालामा तीन किलो जौ, तर तेल र दाखमद्यलाई हानि नगर्नू।”
प्रकाश 6:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब थुमाले तेस्रो छाप खोल्नुभयो, तब मैले तेस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!” मैले हेरेँ, र मेरो सामु एउटा कालो घोडा थियो! त्यसको सवारको हातमा एउटा तराजु थियो। तब ती चार जीवित प्राणीहरूमध्ये एउटा आवाजले यसो भनिरहेको मैले सुनेँ, “एक दिनको ज्याला एक किलो गहुँ र एक दिनको ज्याला, तीन किलो जौ; तेल र दाखमद्यलाई हानि नगर्नू!”
प्रकाश 6:5-6 पवित्र बाइबल (NERV)
त्यो भेंडा़को पाठाले तेस्रो मोहर खोल्यो। तब मैले तेस्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरे, अनि त्यहाँ कालो घोडा थियो। घोड-सवारले आफ्नो हातमा एक जोर तराजु लिएको थियो। तब मैले केही आवाज जस्तै सुनें। त्यो स्वर ती चार सजीव वस्तुहरू भएको स्थानबाट आएको थियो। त्यो आवाजले भन्यो, “एक दिनको पारिश्रमिक एक किलो गहुँ अनि एक दिनको परिश्रमिक तीन किलो जौं, तर तेल अनि दाखरस नष्ट नपार्नु।”
प्रकाश 6:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि थुमाले तेस्रो मोहर खोल्नुभयो र तेस्रो जीवित प्राणीले “आऊ!” भनेको मैले सुनें। कालो घोडा निस्क्यो। यसमाथि चढ्ने मानिसको हातमा एउटा तराजु थियो। “एक दिनको ज्यालाले एक किलो गहुँ वा तीन किलो जौ किन्न सकिन्छ तर भद्राक्ष र अङ्गुरका बोटलाई खति नगर।”