प्रकाश 6:8
प्रकाश 6:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले पहेँलो घोडा देखें, र घोड़सवारको नाउँचाहिँ “मृत्यु” थियो, र “पाताल” चाहिँ त्यसको पछिपछि लागेको थियो। अनि पृथ्वीको चौथाइ भागलाई तरवार, अनिकाल, महामारी र पृथ्वीका जङ्गली जनावरहरूद्वारा मार्ने अख्तियार तिनीहरूलाई दिइएको थियो।
प्रकाश 6:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले हेरेँ, मेरो सामु एउटा हल्का हरियो रङ्गको घोडा थियो! त्यसको सवारलाई मृत्यु भन्ने नाम दिइएको थियो, र पातालचाहिँ त्यसको पछि-पछि लागेको थियो। तिनीहरूलाई संसारको चौथाइ भागलाई तरवारले, कालले, रूढीले र संसारका जङ्गली जन्तुहरूले मार्ने शक्ति दिइएको थियो।
प्रकाश 6:8 पवित्र बाइबल (NERV)
मैले हेरें अनि त्यहाँ मेरो अघि पहेंलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले पछ्याइरहेथ्यो। तिनीहरूलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरूद्वारा मानिसहरूलाई मार्ने अधिकार दिइएको थियो।
प्रकाश 6:8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले हेरें! हल्का पहेंलो रङ्गको एउटा घोडा देखा पर्यो। यसमाथि चढ्नेको नाउँ “मृत्यु” थियो र पाताल पनि यसको पछि लागेको थियो। तिनीहरूलाई लडाइँ, अनिकाल, महामारी र जङ्गली जन्तुहरूद्वारा एक चौथाइ भाग नाश गर्ने अधिकार दिइएको थियो।