प्रकाश 7:3-4
प्रकाश 7:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर।” तब मैले मोहोर लगाइएकाहरूको संख्या सुनें। तिनीहरू एक लाख चवालीस हजार थिए, र तिनीहरू इस्राएलका सन्तानको प्रत्येक कुलबाट थिए।
प्रकाश 7:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“हामीले हाम्रा परमेश्वरका सेवकहरूका निधारमा मोहर नलगाउञ्जेल पृथ्वी, समुद्र र रूखहरूलाई नबिगार!” अनि यसरी परमेश्वरका मोहर लागेकाहरूको सङ्ख्या इस्राएलीहरूको हरेक कुलबाट गरेर एक लाख चवालीस हजार भएको मलाई कसैले भन्यो।
प्रकाश 7:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जबसम्म हामीले परमेश्वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौँ, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।” तब मैले छाप पाएकाहरूको संख्या सुनेँ, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट 1,44,000 थिए।
प्रकाश 7:3-4 पवित्र बाइबल (NERV)
“भूमि वा समुद्र वा बृक्षहरूलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरूको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट नपुर्याऊ।” तब मैले, कति जना मानिसहरूलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरू इस्राएलका मानिसहरूको हरेक कुल समूहबाट थिए