प्रकाश 8:10-11
प्रकाश 8:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आकाशबाट बल्दो राँकोझैँ एउटा ठूलो तारा खस्यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्यो खस्यो। त्यस ताराको नाउँ “ऐरेलु” हो, र त्यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो, र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे।
प्रकाश 8:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब राँकोझैँ जलिरहेको एउटा ठूलो तारा आकाशबाट नदीहरूको एक तिहाइ भागमाथि र पानीका मुहानहरूमाथि खस्यो; त्यस ताराको नाम तितो हो। पानीको तेस्रो भाग तितो भयो, र तितो पानीका कारण धेरै मानिसहरू मरे।
प्रकाश 8:10-11 पवित्र बाइबल (NERV)
तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशाबाट झर्यो। त्यो तारा एक-तिँहाईँ अंश नदीहरू अनि पानीको मुलमा खस्यो। त्यो ताराको नाउँ “नागदौना” थियो। अनि सबै एक तिहाइ अंश पानी तितो भयो। त्यो तितो पानी पिएर धेरै मानिसहरू मरे।
प्रकाश 8:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसपछि तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आकाशबाट राँकोजस्तो जलिरहेको एउटा ठूलो तारा खस्यो। त्योचाहिँ नदीहरूको तेस्रो भाग र पानीको मुहानहरूमा खस्यो। त्यो ताराको नाउँ “तिक्तता” भनियो र त्यसले पानीको तेस्रो भाग सबै तीतो बनायो र त्यो तीतो पानी खाएर धेरै मानिसहरू मरे।