प्रकाश 9:20-21
प्रकाश 9:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी विपत्तिद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्ना हातका कामबाट अझ पनि पश्चात्ताप गरेनन्। तिनीहरूले भूतहरूलाई र देख्न नसक्ने, सुन्न नसक्ने र हिँड्न नसक्ने सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरूलाई पुज्न छोड़ेनन्। तिनीहरूले आफूले गरेको हत्या, जादूगरी, व्यभिचार र चोरीको पश्चात्ताप गरेनन्।
प्रकाश 9:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ती रूढीहरूले नमरेका बाँकी मानिस जातिले तिनीहरूका हातले गरेका दुष्ट कामहरूबाट अझ पनि पश्चात्ताप गरेनन्; तिनीहरूले देख्न नसक्ने, सुन्न नसक्ने र हिँड्न नसक्ने, भूतप्रेतहरू र सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरू पुज्न छाडेनन्। तिनीहरू आफूले गरेका हत्या, टुनामुना, अनैतिक यौन सम्बन्ध, र चोरीको लागि पश्चात्ताप गरेनन्।
प्रकाश 9:20-21 पवित्र बाइबल (NERV)
पृथ्वीका अन्य मानिसहरू बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरूले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरूले आफ्नै हातले निर्माण गरेका कुराहरूबाट तिनीहरूले मुख फर्काएनन्। तिनीहरूले दानवहरू अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँड्न सक्तैनन्, पूजा गर्न छाडेनन्। यी मानिसहरूले आफ्ना हृदय अनि जीवन परिवर्तन गरेनन् अनि अरू मानिसहरूलाई मार्न छाडेनन्, तिनीहरू आफ्ना जादु-टुनामुना, आफ्ना यौन-पाप, चोरी कमदेखि पर सरेनन्।
प्रकाश 9:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी महामारीबाट बाँच्नेहरूले आफैंले बनाएका कुरादेखि मन फर्काएनन्। तिनीहरूले भूतात्माहरूलाई र सुन, चाँदी, पित्तल, ढुङ्गा र काठका मूर्ति जसले देख्न, सुन्न र चल्न सक्दैनन्, तिनीहरूलाई पुज्न छोडेनन्। उनीहरूको हत्या गर्ने, टुनामुना गर्ने, व्यभिचार गर्ने, चोरी गर्ने कामहरूबाट मन फर्काएनन्।