YouVersion लोगो
खोज आइकन

रोमी 1:26-28

रोमी 1:26-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसैकारण परमेश्‍वरले तिनीहरूलाई उनीहरूकै घिनलाग्‍दो इच्‍छाअनुसारको काम गर्न छोडिदिनुभयो। तिनीहरूका आइमाईहरूले आफ्‍ना लोग्‍नेसँगको सहवास छोडेर आइमाईसँगै सहवास गरे। तिनीहरूका लोग्‍नेहरूले पनि आफ्‍ना आइमाईहरूसँग सही काम गरेनन् तर एक-अर्काको निम्‍ति जलेर लोग्‍ने मानिसले लोग्‍ने मानिससँगै घिनलाग्‍दो काम गरे। तिनीहरूका आफ्‍ना शरीरले गरेका दुष्‍ट कामका लागि उचित दण्ड पाए। तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने मान्यता दिन पनि छाडे। यसो हुँदा उहाँले तिनीहरूलाई खराबी गरून् भनेर तिनीहरूकै कुविचारमा छोडिदिनुभयो।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्

रोमी 1:26-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसैकारण परमेश्‍वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाका निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे। त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे। यसरी तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्न उचित नठानेकाले परमेश्‍वरले पनि तिनीहरूलाई भ्रष्‍ट मन दिनुभयो; ताकि तिनीहरूले जुन काम गर्न नहुने हो त्यही गरून्।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्

रोमी 1:26-28 पवित्र बाइबल (NERV)

मानिसहरूले त्यस्तो कार्यहरू गरेकाले परमेश्वरले तिनीहरूलाई लाजमर्दो काम गर्नलाई छोडिदिनु भयो जुन तिनीहरू गर्न चाहन्थे। पत्नी मानिसहरूले पुरुषहरूसँग प्राकृतिक यौन सर्म्पक छडेर स्त्रीसँग नै अप्राकृतिक यौन सर्म्पक गर्न थाले। त्यस्तै प्रकारले लोग्ने-मानिसहरूले पनि स्त्रीसँगको प्राकृतिक यौन छोडेर अन्य लोग्ने-मानिसहरूसँग अप्राकृतिक सम्बन्ध राख्न थाले। तिनीहरूले आपसमा लाजमर्दो कामहरू गरे। अनि तिनीहरूले गल्ती काम गरेकोले तिनीहरूका शरीरले कष्ट पाए। परमेश्वरको सत्य ज्ञान राख्नु पर्छ भन्ने कुरालाई मानिसहरूले महत्व दिएनन्। त मानिसहरूले नगर्नु पर्ने काम गरे। यसैले व्यर्थकै कामहरू गरोस् भनेर परमेश्वरले छाडिदिनु भयो।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्