रोमी 10:9-10
रोमी 10:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ।
रोमी 10:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि तिमीले, “येशू नै प्रभु हुनुहुन्छ,” भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्वास गर्छौ भने तिम्रो उद्धार हुनेछ। किनकि तिम्रो हृदयबाट तिमीले विश्वास गर्छौ, र धर्मी ठहरिन्छौ। अनि तिम्रो मुखले विश्वास स्वीकार गर्छौ र उद्धार पाउँछौ।
रोमी 10:9-10 पवित्र बाइबल (NERV)
यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ। हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो।
रोमी 10:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरू आफ्नो मुखले येशू नै प्रभु हुनुहुन्छ भनेर अरूलाई भन्छौ भने अनि परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो भनी हृदयमा विश्वास गर्छौ भने तिमीहरू बाँच्नेछौ किनभने हामी हृदयले विश्वास गरेर नै परमेश्वरको सामु ठीक ठहरिन्छौं अनि विश्वास गरेका कुरा आफ्नै मुखले अरूलाई सुनाएर बचाइन्छौं