बाइबल एप लोगो
खोज आइकन

रोमी 8:1-5 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 8:1-5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन। पाप र मृत्‍युको व्‍यवस्‍थाबाट मलाई जीवनका आत्‍माको व्‍यवस्‍थाले ख्रीष्‍ट येशूमा मुक्त पारेको छ। पापमय स्‍वभावले दुर्बल पारिएको हुनाले व्‍यवस्‍थाले जे गर्न सकेन परमेश्‍वरले गर्नुभयो, अर्थात्‌ उहाँले आफ्‍ना पुत्रलाई पापमय शरीरको स्‍वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्‍ड दिनुभयो, यस हेतुले कि व्‍यवस्‍थाको उचित आवश्‍यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्‍वभावअनुसार होइन, तर पवित्र आत्‍माअनुसार चल्‍दछौं। किनभने पापमय स्‍वभावअनुसार चल्‍नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्‍माअनुसार चल्‍नेहरूले आत्‍माका कुरामा मन लगाउँछन्‌।

शेयर गर्नुहोस्
रोमी 8 NNRV

रोमी 8:1-5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमेश्‍वरले ख्रीष्‍टमा भरोसा राख्‍नेहरूलाई दोषी ठहराउनुहुन्‍न। व्यवस्थाले मेरो पाप चिनाएर मलाई मृत्‍युदण्‍डको दोषी ठहराए तापनि ख्रीष्‍ट येशूमा भएको नयाँ जीवन दिने आत्‍माको शक्तिले यसबाट मलाई छुटकारा दिएको छ। मानिसको कमजोर शारीरिक स्‍वभावले गर्दा व्यवस्था पालन गरेर हुन नसक्‍ने कुरा परमेश्‍वर आफैंले गर्नुभयो। परमेश्‍वरले आफ्‍नै पुत्रलाई पठाउनुभयो। पुत्रचाहिँ पापी मानिसको जस्‍तै शारीरिक स्‍वभाव लिएर जन्‍म लिनुभयो अनि मानिसको पापको निम्‍ति उहाँलाई दण्‍ड दिइयो र उहाँको शरीरद्वारा पापको शक्ति नष्‍ट गर्नुभयो। यसरी शारीरिक स्‍वभावअनुसार होइन तर पवित्र आत्‍माअनुसार चल्‍नेहरूका लागि व्यवस्थाले चाहेको कुरा पूरा भएको छ। आफ्‍नो शारीरिक स्‍वभावको अधीनमा चल्‍नेहरूले शारीरिक स्‍वभावका इच्‍छामा मन लगाउँछन् तर पवित्र आत्‍माअनुसार चल्‍नेहरूले भने पवित्र आत्‍माकै इच्‍छामा मन लगाउँछन्।

शेयर गर्नुहोस्
रोमी 8 सरल नेपाली

रोमी 8:1-5 NERV (पवित्र बाइबल)

यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन। किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो। परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं। जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्।

शेयर गर्नुहोस्
रोमी 8 NERV

रोमी 8:1-5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसकारण अब ख्रीष्‍ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन। किनकि जीवन दिनुहुने परमेश्‍वरको आत्माको व्यवस्थाले ख्रीष्‍ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ। किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्‍वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो, ताकि शारीरिक स्वभावअनुसार होइन, तर परमेश्‍वरको आत्माअनुसार जिउने हामीमा, व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्। शारीरिक स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्‍वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्।

शेयर गर्नुहोस्
रोमी 8 NCV